सुपरस्टार अनमोल केसी अभिनित यो वर्ष कै चर्चित फिल्म ‘क्याप्टेन’ २४ घण्टा नबित्दै धेरै दर्शक पाउने ट्रेलर, तर एउटा कुराले सबै चकित (भिडियो)


काठमाडौं । चर्चित अभिनेता अनमोल केसीको दमदार अभिनय रहेको फिल्म ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक भएको २४ घण्टा नबित्दै यसले एक मिलियन भ्युज भएको छ । हिजो शुक्रबार सार्वजनिक गरिएको ट्रेलर छिट्टै धेरै भ्युज पाउने चलचित्रको ट्रेलर मध्यमा पर्दछ । तर यत्तिका धेरै भ्युज हुदा पनि युट्युबको ट्रेन्डीङमा भने पर्न सकेको छैन । जुन देखेर धेरै अनमोलका फ्यानहरु चकित परेका छन ।

सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा ‘क्याप्टेन’को ट्रेलरलाई ओआरएस डिजिटलबाट सार्बजनिक गरिएको हो । यो समाचार तयार पार्दा सम्म करिब ४६ हजार बढी लाईक र सात हजार बढी कमेन्ट आएको छ । कमेन्टलाई हेर्दा धेरैले यो चलचित्रबाट ठुलो आशा गरेको पाइन्छ ।

ट्रेलर हेरेका अधिकांश दर्शलले पहिलो पटक नेपालमा फुटबलको कथामा निर्माण भएको सिनेमाले ब्यापारमा नयाँ इतिहाँस रच्ने बताएका छन् । चलचित्रमा अनमोल केसीका अलवा डेब्यु अभिनेत्री उपासना सिंह ठकुरी, प्रियंका एनभी, प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, सुर्यमाला खनाल, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

जु्न चलचित्रलाई यो वर्षकै प्रतिक्षित चलचित्रका रुपमा हेरिएको छ । चलचित्रलाई दिवाकर भट्राईले निर्देशन गरेका हुन् । हेर्नुहोस चलचित्र क्याप्टेनको ट्रेलर ।

प्रतिक्रिया दिनुहोस
Advertisement