आफ्नो छोराछोरीलाई अरुको साथमा छोड्ने गर्नुभएको छ ? साबधान ! एकपटक यो पढ्नुहोस्, तपाइँको होस् उड्नेछ !!
एजेन्सी, १९ माघ । अमेरिकाको एक परिवारले आफ्नो ९ वर्षिय छोराको स्याहार गर्न राखेका २ युवतीले छोरालाई यातना दिएको भिडियो सार्वजनिक भएपछि सबै बाबुआमाले एक पटक राम्ररी सोच्ने बेला भएको छ कि आफ्नो बच्चा कतिको सुरक्षित छन् भनेर ।
घटना अमेरिकाको न्यू मेक्सीको राज्यको हो । एक परिवारले दुई आयालाई छोराको स्याहार गर्न राखेका थिए । बाबू आमाले दुई युवतीको भरोसामा आफ्नो छोरालाई छोडेर हिड्ने गर्थे । तर छोराको स्याहार गर्न बसेका यी युवतीहरुले भने उक्त बालकलाई सधैभरि यातना दिने गरेको भिडियो एक अपरिचित युवतीले बालकका बाबुआमालाई देखाएपछि बाबुआमाको होस् उड्यो ।
भिडियोमा एक युवतीले ती बालकलाई जबरजस्ती चुरोट पिलाइरहेकी थिइन् भने अर्की युवतीले बालकलाई पिटीरहेकी थिइन् । उक्त जोडीले युवतीहरुले छोरालाई यातना दिइरहेको भिडियो पोष्ट गरि प्रहरीमा खबर गरेका छन् ।
ती पिडित बालका आफ्नो कुरा बताउँन सक्दैनथे । केही महिनापछि बालकको परिवारले उनीहरुको वास्तविकता थाहा पाए । भिडियो पठाउने खासमा आयाकी साथी थिइन् । उनीहरुले बालकलाई चुरोट पिलाउँदै बालकको टाउकोमा १९ लिटरको पानीको जार राखेर गरेर यातना दिने गरेका थिए ।