हेटौँडामा ट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु


हेटौँडा, १९ माघ । हेटौँडामा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

मकवानपुरको बागमती गाउँपालिका ४ पाँचपाण्डवमा शनिबार साँझ भएको ट्याक्टर दुर्घटनामा ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ट्याक्टरमा सवार सिन्धुली पिपलमाडी गाउँपालिका घण्टेका ४५ वर्षीय हेम श्रेष्ठ र अन्य दुई राई समुदायको पुरुष रहेको छन् । उनीहरुको पहिचान खुल्न सकेको छैन ।

श्रेष्ठको घटनास्थलमै र अन्यको उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको फापरवारी प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य ४ घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement