इरानद्वारा लामो दूरीको क्षेप्यास्त्रको सफल परीक्षण गरेको दावी


तेहरान, इरान, १९ माघ । इरानले एक लामो दूरीको क्षेप्यास्त्रको सफल परीक्षण गरेको शनिबार जनाएको छ ।
एक हजार ३५० किलोमिटर टाढा हान्ने क्षमता रहेको नयाँ मिसाइलको नाम भने बताइएको छैन ।

इरानले १९७९ मा भएको ‘इस्लामिक क्रान्ति’ दिवस मनाइरहेका समय नयाँ मिसाइलको परीक्षण हुनुलाई संयोग मात्र भएको जनाएको छ ।
“होभेइजेहबाट गरिएको क्षेप्यास्त्रले एक हजार २०० किलोमिटर टाढाको दूरीमा ठीक निशानामा हान्न सफल भएकोले यो परीक्षण सफल भएको छ,” इरानी रक्षा मन्त्री अमिर हतामीलाई उद्धृत गरी राज्य सञ्चालित टेलिभिजनले जनाएको छ । टेलीभिजनले परीक्षणको दृश्यचित्रसमेत देखाएको थियो ।

“इरानले शनिबार परीक्षण गरेका हतियार तयारका लागि छोटो समय मात्र लाग्ने र यो निकै होचो क्षेत्रमा पनि उड्ने क्षमता रहेका छ ।” उहाँले बताउनुभयो ।
उहाँले लामो दूरीको हतियार आफ्नो सुरक्षाका लागि प्रयोग गरिने बताउनुभयो । (रासस÷एएफपी)

प्रतिक्रिया दिनुहोस
Advertisement