सबैको ध्यान आर्थिक समृद्धिमा जानुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई


भोजपुर, १९ माघ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजन बाबुराम भट्टराईले नेपाललाई अब आर्थिक समृद्धिको बाटोतर्फ लैजानुपर्ने बताउनुभएको छ ।

मध्य पहाडी लोग मार्ग जनसंवाद अभियानअन्तर्गत भोजपुरको टँुिडखेलमा भएको कार्यक्रममा उहाँले नेपाल, भारत र चीनजस्ता तीव्र आर्थिक समृद्धितर्फ गइरहेको देशको बीचमा रहेकाले अबको सरकारको आर्थिक समृद्धिलाई पहिलो प्राथमिकताका राखेर काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले नयाँ शक्ति पार्टी नेपालले देशको समृद्धिको खाका कोरेर आफ्नो क्रियाकलाप अगाडि बढाएको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘नेपालको राजनीतिक क्रान्ति सकियो अब हाम्रो ध्यान जनताको आर्थिक विकासमा जानुपर्छ, अबको सरकारले यसतर्फ ध्यान दिन आवश्यक छ ।”

संयोजक भट्टराईसहितको टोली जनताका गुनासा सुन्ने लक्ष्यका साथ विभिन्न ठाउँमा जनसंवाद कार्यक्रम गरिएको छ । यो अभियानअन्तर्गत आज भोजपुरको अरुण गाउँपालिकाको प्याउली, पौदुङ्ममा गाउँपालिकाको च्याङ्ग्रे, भोजपुर सदरमुकामलगायत ठाउँमा कार्यक्रम सम्पन्न गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement