भारतीय चर्चित रियालिटी शो ’डान्स प्लस ४’को आज फाइनल ! नेपालका एक मात्र प्रतिष्पर्धी सुजनले बाजी मर्लान त ? हेर्नुहोस यस्तो दमदार प्रतुती दिंदै छन् (भिडियो)
काठमाडौँ । भारतीय चर्चित टेलीभिजन रियालिटी शो ’डान्स प्लस ४’मा नेपाली प्रतिस्पर्धी सुजन मार्फा तामाङले धमाकेदार डान्स दिइरहेका छन् । प्रत्येक एपिसोडको उनको प्रस्तुतिले जज र दर्शकको मन जितिरहेको छ ।
सुजनको जोडीको रुपमा आसामकी आँचल रहेकी छिन् । सुजन यसभन्दा अगाडि पनि ’डान्स इन्डिया डान्स’मा समेत सहभागी भएका थिए । उनी उक्त रियालिटी शोमा टप ६ सम्म पुग्न सफल भएका थिए ।
अहिले उनी ’डान्स प्लस ४’को फाइनलमा उनको कडा मेहेनत र प्रस्तुति देख्न सकिन्छ । टप ४ मा पुग्न सफल नेपालका सुजन मार्फा तामाङ र आँचलभी अनबिटेबल टिम,भर्तीका झा,चेतन सलुन्खे फाइनलमा पुगेका छन् । आज शनिबार राति ८ बजे फाइनल हुदै छ ।
यो प्रोमो हेर्नुहोस् :