विश्वकै चर्चित अनलाइन गेम ‘PUBG’ माथि प्रतिबन्ध लगाउन माग गर्दै ११ वर्षीय बालकले गरे अदालतमा मुद्दा दर्ता
विश्वकै चर्चित अनलाइन गेम ‘PUBG’ खेल्नेको संख्या लाखौ करोडौ छन् । ‘PUBG’ गेम कै कारणले कति मानिसहरु लतमा फसेर अपराधिक कार्य गरेको घटना पनि बाहिरिदै आएको छ। त्यस्तै,पब्जी माथि प्रतिबन्ध लगाउन माग गर्दै मुम्बईका एक ११ वर्षीय बालकले मुम्बई उच्च अदालतमा मुद्दा दर्ता समेत गरेका छन् ।
११ वर्षीय अहद निजामले पबजी गेमले हिंसा, आक्रोश तथा साइबर बुलिङलाई बढावा दिएको भन्दै बालकले आफ्नो आमामार्फत रिट दायर गरेका भारतीय मिडियाले जनाएको छ । रिट दायरकर्ताका वकिल तनवीर निजाम भन्छन्, ‘रिटमा हिंसामुखी अनलाइन सामग्री समयसमयमा अनुसन्धान गरिनुपर्ने र अनलाइन आचारसंहिता समीक्षा समिति गठन गर्नका लागि केन्द्रलाई निर्देशन दिइनुपर्ने माग गरिएको छ ।’
अहदले उच्च अदालतले महाराष्ट्र सरकारलाई पबजीमाथि प्रतिबन्ध लगाउन निर्देशन दिनुपर्ने पनि बताए । उनले केन्द्रीय सूचना मन्त्री रविशंकर प्रसाद, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस तथा महाराष्ट्र सरकारका शिक्षा मन्त्री विनोद तावडेलाई पत्र लेख्दै यो खेलमाथि प्रतिबन्ध लगाउन अनुरोध गरेका छन् । केही समय पहिले गुजरात सरकारले यो खेलमाथि प्रतिबन्ध लगाएको थियो । पछिल्लो समय यस खेलको लतले युवाहरुमा मानसिक समस्या बढ्दै गएको अनुसन्धानहरुले जनाएको छ ।
यो पनि पढ्नुहोस:
चर्चित अनलाइन गेम (PUBG) पब्जी खेल्न नदिएपछि आमा बुबा र बहिनिको योजना बद्द हत्या गेर…प्रहरीको बयानमा खुलाए यस्तो रहस्य
एजेन्सी। आजभोली विश्व भरिनै एउटा अनलाइन गेम ‘पब्जी’ निकै चर्चित छ। अन्य गेम भन्दा यो गेम अलि समय लाग्ने गेम हो। नेपालमा पनि यो गेम खेल्नेहरुको संख्या ठूलै छ। गेम खेल्नेमा बच्चा देखि वयस्क सम्म पाइन्छ । एक तथ्याँकका अनुसार यो गेम अहिले सम्म १०० मिलियन भन्दा धेरै पटक डाउनलोड भैसकेको छ।
‘पबजी’ धेरैलाई मन परेको कारण पनि प्लेयरहरुले यो गेमलाई हाइ रेटिंग दिने गरेका छन्। ‘पबजी’ को लोकप्रियतासँगै यो गेमको लत लागेर बिरामी भएका समाचारहरु पनि यदा-कदा सुनिन थालेका छन्। यो गेमको लत लागेकाहरु धेरै जस्तो मानसिक समस्या देखा पर्ने गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुको दाबी छ।
तर,भारतमा एउटा अनौठो घटना घटेको छ । पब्जीकै कारणले एक किशोरले आफ्ना आमा बुबा र बहिनिको हत्या गरेका भारतीय समाचार मध्येमले जनाएको । इन्डियाएक्सप्रेसमा प्रकाशित एक समाचार अनुसार ‘पबजी’ खेल्ने लत लागेका एक १९ वर्षीय सुरज भनेर चिनिने किशोरले आफ्नै परिवारको हत्या गरेको थिए।
घटना सन् २०१८ अक्टोबर १० को हो। सरनाम वर्मा उर्फ सुरजले गेममा लत बसेपछि बाबु आमाले नखेल्न आग्रह गरे पनि खेल्न छाडेनन। बारम्बार गेम नखेल्न आग्रह गर्दा पनि नमाने पछि गाली गरेको कारण हत्या गर्ने योजना बुने र अन्तत हत्यानै गरेर छाडे ।
तुरुन्तै नियन्त्रणमा लिएर अनुसन्धान गर्दा सुरज ‘पबजी’ अत्याधिक खेल्ने गरेको खुलासा भएको हो। ‘पबजी’ गेमको लतनै लागेका सुरज कलेज जाने बहानामा घरबाट निक्लिएता पनि कलेज भने नपुग्ने गरेको खुल्न आएको हो।
बयानकै क्रममा सुरजले कलेज जाने समयमा आफू ‘पबजी’ खेलेर बस्ने गरेको समेत खुलाए। ‘पबजी’ गेम खेल्नैको लागि साथीहरु मिलेर एक कोठा भाडामा लिएको सुरजको बयान छ।