दोस्रो नेपाल आइडल रबि ओडमाथि लाग्यो गीत बिगारेको आरोप, बसन्त थापा भन्छन् – ‘लोकगीतलाई बलात्कार गर्न पाइदैन !’
काठमाडौं, १९ माघ । नेपाली लोक दोहोरीका मुर्धन्य व्यक्तित्व चर्चित गीतकार तथा संगीताकार बसन्त थापा नेपाल आइडल सिजन २ का बिजेता रबि ओडसंग आक्रोशित भएका छन् ।
आफ्नो सृजना बिगारेर गाएको भन्दै उनि आक्रोशित भएका हुन् ।
केहि दिन अगाडी सामाजिक संजालमा नेपाल आइडलका रबि ओडलार्इ इंगित गर्दै उनले आफ्नो गीत बिना अनुमति त्यसमाथि बिगारेर गाएको भन्दै आक्रोशयुक्त स्टाटस लेखेका थिए ।
लोक संगीतको मर्म नबुझेर लोक गीतकै बलात्कार गरेको भन्दै बसन्त थापा र प्रल्हाद सुबेदीले दुख व्यक्त गरे । हाल चर्चामा रहेको सालको पातको टपरी गीत रबि ओडले स्टेजमा बिगारेर गाए पछि बसन्त थापा आक्रोशित भएको बुझिएको छ ।
भिडियो हेर्नुहोस् :