अस्ट्रेलियन बलर कमिन्सको बलले यसरी मैदानमै ढले श्रीलंकाली ब्याट्सम्यान करुणारत्ने !


क्यानबेरा, १९ माघ । श्रीलंकाको राष्ट्रिय क्रिकेट टोलीका ओपनर दिमुथ करुणारत्ने क्यानबेरा टेस्ट खेलको क्रममा घाइते भएका छन् ।

शनिबार अस्ट्रेलियन बलर प्याट कमिन्सको बलले लागेर करुणारत्ने घाइते भएका हुन् ।

कमिन्सको बाउन्सर बल लागेर घाइते भएका करुणारत्नेलाई हस्पताल भर्ना गरिएको छ । श्रीलंका र अस्ट्रेलियाबीच भइरहेको २ टेस्ट सिरिजको दोस्रो टेस्टको दोस्रो दिन दुर्घटना भएको हो ।

८५ बलमा ४६ रन बनाएर खेलिरहेका करुणरत्ने एक्कासी बाउन्सर बल लागेपछि घाइते भएका थिए । त्यतिबेलासम्म उनले ५ चौका प्रहार गरेका थिए । कमिन्सले पहिलो इनिङको ३१ औं ओभर फाल्दै थिए । यस क्रममा उनले १४२ किलोमिटर प्रतिभण्टाको गतिमा बाउन्सर फाले जुन बल करुणारत्नेको टाउकोमा लाग्यो र उनी मैदानमै ढले ।

हेल्मेटका कारण करुणारत्नेलाई गम्भीर चोट लाग्न पाएन । करुणारत्ने मैदानमै लडेपछि अम्पायरले तत्काल मेडिकल टिम बोलाए । यस क्रममा अस्ट्रेलियन टिमका डाक्टर रिचर्ड शा पनि मैदानमा पुगे । उनलाई स्ट्रेचरमा बाहिर निकालियो । मैदान बाहिर रहेको एम्बुलेन्समा उनलाई तत्काल अस्पताल गियो । अस्पतालमा उनको अवस्था ठिक रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement