टंक बुढाथोकीको ‘रेवन चस्मा’ सार्बजनिक (भिडियो सहित)
काठमाडौँ, १९ माघ । चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीले नयाँ गीत सार्बजनिक गरेका छन् ।
उनले आफ्नै शब्द, संगीत तथा स्वरमा रेवन चस्मा बोलको नया गीत सार्बजनिक गरेका हुन् ।
गीतमा टंकलाई महिला आवाजमा निरुता बानियाँले साथ दिएकी छिन् ।
गीतको म्युजिक भिडियोमा टंक बुढाथोकी, अलिशा राई र बाल कलाकार अनिस र अनानीलाई फिचरिङ गराइएको छ । उक्त गीतलाई राजिव समरले कोरियोग्राफी गरेका हुन् ।
भिडियो हेर्नुहोस् :