पोखरामा सरकारी गाडीमा आगजनी, नेविसंघमाथि शंका !


पोखरा, १९ माघ । पोखरामा सरकारी भ्यानमा आगजनी भएको छ ।

महानगरपालिकाको शिक्षा शाखाले प्रयोग गर्दै आएको बा १ झ ५८७९ नम्बरको पिकअप भ्यानमा शनिबार बिहान आगजनी भएको हो ।

कास्की प्रहरी प्रमुख ओम रानाका अनुसार आगजनी कसले गरेको भन्ने अझै पत्ता लाग्न सकेको छैन । नेपाल विद्यार्थी संघको विरोधको कार्यक्रम रहेकै बेला सरकारी गाडीमा आगजनी भएकोले उनीहरुले नै गाडी आगजनी गरेको आशंका गरेता पनि आगो कसले लगाएको भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

‘सेतो स्कुटरमा आएका युवाहरुले गाडी जलाएको भन्ने सुनेका छौं । नेवि संघमाथि आशंका छ, कास्की प्रहरी प्रमुख एसपी ओम रानाले भने–हामी खोजी गरिरहेका छौं । केही शंकास्पद ब्यक्तिमाथि निगरानी बढाएका छौं ।’

नेवि संघको केन्द्रिय परिपत्रअनुसार शनिबार सरकारी गाडी चल्न नदिने कार्यक्रम रहेको नेवि संघ पृथ्वीनारायण क्याम्पसका नेता रेशम हमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement