विजय थापाले पनि तोडे अनशन !
काठमाडौँ , १९ माघ । सामाजिक अभियन्ता डा.गोविन्द केसीविरुद्ध अनशनरत युवा विजय थापाले पनि अनसन तोडेका छन् ।
त्रिवि शिक्षण अस्पतालमा विगत २३ दिनदेखि अनशनरत थापाले शनिबार (आज) अनशन तोडेका हुन् ।
उनले काठमाडौं महानगरपालिका २० स्थित भिमासेनथान बस्ने ३ वर्षीया अकिया नगरकोटी र जनकपुर उपमहानगरपालिका ४ स्थित हंसपुर बस्ने ५५ वर्षीय बेचेन यादवको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।
चिकित्सा शिक्षा विधेयकप्रति असन्तुष्टी राख्दै अनशन बसेका डा. केसीसँग सरकारले वार्ता गर्ने कुनै चासो नदेखाएपछि उनले शुक्रबार साँझ शिक्षण अस्पतालबाटै अनशन तोडेका थिए ।