यसकारण हुँदैछ माघ २२ गतेदेखि देशभरका होटेल र रेष्टुरेन्ट बन्द !


काठमाडौँ, १९ माघ । गत सोमबार बसेको रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेवान)ले गरेको निर्णयप्रति आपत्ति जनाऊँदै मजदुरहरुले आन्दोलनको घोषणा गरेका छन् ।

रेष्टुरेन्ट तथा बारहरले लिइरहेको १० प्रतिशत सेवा शुल्क हटाउने रेवानको निर्णयप्रति असन्तुष्ट मजदुरहरुले विरोधका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।

नेपाल पर्यटन तथा होटल सम्वद्ध श्रमिक संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन र अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरा मजदुर संघले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै चरणवद्ध आन्दोलनको घोषणा गरेका हुन् ।

मजदुर संघले सार्वजनिक गरेको विरोधका कार्यक्रमहरुमा माघ २० गते देशव्यापी कोणसभा गर्ने, प्रतिष्ठान स्तरमा सबै खालका विरोधका कार्यक्रमहरु संचालन गर्ने, रेबानलाई सार्वजनिक रुपमा बहिस्कार गर्ने र रेष्टुरेन्ट संचालनमा रोक लगाउने बताइएको छ ।

रेवानले गरेको उक्त निर्णय तत्काल फिर्ता नभए माघ २२ गते देखि देशव्यापी रुपमा रेस्टुरेन्टहरुमा हड्ताल गर्ने चेतावनी समेत मजदुरहरुले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement