विमल राज क्षेत्री र अन्जु पन्तको अर्को दमदार गीत बजारमा (भिडियोसहित)


काठमाडौँ , १९ माघ । लोकप्रिय गायक विमल राज क्षेत्रीले बुट्टे रुमाल बोलको गीत सार्वजनिक गरेका छन् ।

सुपारी चाम्रो गीतको भाग दुईको रुपमा गायक क्षेत्रीले ल्याएका बुट्टे रुमाल शुक्रवार सार्बजनिक गरेका हुन् ।

शुक्रवार साँझ सार्वजनिक गरेको बहुचर्चित सर्जक तथा कलाकार एकनारायण भण्डारीको उत्कृष्ट शब्द तथा संगीतमा रहेको उक्त गीतमा चर्चित गायिका अन्जु पन्तले बिमल राज क्षेत्रीलाई आवाजमा साथ् दिएकी छन् ।

यस गीतको केही दिन अगाडि ट्रेलर समेत सार्वजनिक गरिएको थियो । यस गीतको म्युजिक भिडियोमा नेपाली चलचित्र क्षेत्रकी सर्वाधिक रुचाइएकी नायिका प्रियंका कार्कीको अभिनय रहेको छ भने उनलाई साथ दिएका छन् गम्भीर विष्टले । उक्त म्युजिक भिडियोमा माया प्रेमसँग जोडिएको छ ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस
Advertisement