कतारको रच्यो नयाँ इतिहास : चार पटकको च्याम्पियन जापानलाई ३-१ ले पराजित गर्दै कतारले उचाल्यो एसिया कपको उपाधि !


एजेन्सी, १९ माघ । एएफसी एसियन कप २०१९ को उपाधि कतारले जितेको छ ।

एसियाको पावरहाउस मानिने जापानलाई ३-१ ले पराजित गर्दै कतारले यस पटकको एएफसी एसियन कपको उपाधि जितेको हो ।

कतारले खेलको पहिलो हाफमा नै २-० को अग्रता बनाएको थियो । जापानले दोस्रो हाफमा गोल फर्काउँदै खेलमा फर्कने सम्भावना देखापनि कतारले अर्को गोल थप्दै उपाधि पक्का गरको हो ।

कतारका लागि अल्मोएज अलीले खेलको १२ औं मिनेटमा गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए । उनको यो प्रतियोगितामा नवौं गोल हो । यस गोलसँगै एसियन कपको इतिहासमा एकै संस्करणमा सर्वाधिक गोल कर्ने कीर्तिमान पनि उनले नै रचे । यसअघि इरानका अलि दाइले ८ गोल गरेर कीर्तिमान बनाएका थिए ।

खेलको २७ औं मिनेटमा अब्देलाजिज हातिमले उत्कृष्ट गोल गर्दै कतारलाई २-० को अग्रता दिलाए । जापानका लागि दोस्रो हाफको ६९ औं मिनेटमा तकुमी मिनामिनोले गोल गर्दै गोलअन्तरलाई एक गोलमा झारेका थिए । तर ८३ औं मिनेटमा आक्रम हसन अफिफले पेनाल्टीमार्फत गोल गर्दै कतारको जित पक्का गरे ।

कतारले एसियन कपको इतिहासमा पहिलो फाइनल खेल्दै उपाधि जितेको हो । पराजित जापान भने पहिलोपटक फाइनलमा पराजित भएको हो । यसअघि चार पटक फाइनल पुगेको जापानले चारै पटक उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement