रिलिज भयो सुपरस्टार अनमोल केसीको चलचित्र ‘क्याप्टेन’ को ट्रेलर (भिडियाेसहित)


काठमाडौँ, १९ माघ । लोकप्रिय स्टार अनमोल केसीको चलचित्र ‘क्याप्टेन’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।

शुक्रवार राजधानीमा एक कार्यक्रमकाबीच ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

दिवाकर भट्टराईद्धरा निर्देशित चलचित्र ‘क्याप्टेन’ ट्रेलरमा चलचित्रका सम्पूर्ण कलाकारहरूलाई स्थान दिइएको छ । फुटबलमा देशका लागि गोल्ड मेडल जित्ने अठोट बोकेको निशानको जीवनमा आउने अनेक उतारचढावलाई ट्रेलरमा देखाइएको छ । निशानको क्यारेक्टरमा रहेका अभिनेता अनमोलले चलचित्रमा एक फुटबल खेलाडीको भूमिका निभाएका छन् । अनमोलको अभिनेत्री द्वय उपासना सिंह ठकुरी र प्रियंका एमभीसँग प्रेमलाई पनि ट्रेलरमा देखाइएको छ ।

भुवन केसीले निर्माण गरेको चलचित्रमा अनमोल, उपासना र प्रियंकाका अलावा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरूको पनि अभिनय छ ।

‘क्याप्टेन’ को लेखक निर्देशक दिवाकर स्वयं हुन्, भने पटकथा सामिप्यराज तिमल्सिनाको रहेको छ । चलचित्रमा चन्द्र पन्तको द्वन्द्व छ भने सम्पादन दिर्घ खड्काको रहेको छ । चलचित्र फागुन १७ गते प्रदर्शन हुँदैछ ।

ट्रेलर हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस
Advertisement