भारतको कोठीमा बेचिएका सिता, गीता, कान्छी, साइली र कल्पना उद्धार


काठमाडौँ , १९ माघ । भारतको कोठीमा बेचिन पुगेका ५ नेपाली चेलीको उद्धार गरिएको छ ।

भारतको उत्तर प्रदेश राज्यको आग्राको कोठीमा बेचिएका सिता, गीता, कान्छी, साइली, कल्पना (नाम परिवर्तन) चेलीहरुको उद्दार गरिएको हो ।

उनीहरु सिन्धुपाल्चोक, नुवाकोटका दलालहरुबाट बिक्री भएका थिए ।

भारतको आग्रा उत्तर प्रदेशको कासमिरी बजारमा रहेको बेश्यालयबाट समाजसेवी बालकृष्ण पाण्डे र माइती इन्डियाको विशेष पहलमा उनीहरुको उद्धार भएको हो ।

कानुनी प्रक्रिया पुरा नभएको हुँदा विगत १ वर्षदेखि भारतीय सरकारको राजकीय संरक्षण गृहमा रहेका थिए ।

भारतमा नक्कली कागजात पेश गरी दलालहरुले आफन्त हो भनेर पीडितको जिम्मा लिने र फेरि तस्कर गर्ने सम्भावना भएकोले आग्रा विशेष अदालत र जिल्ला अदालतबाट उद्धार गरिएको पीडित महिलाहरुको डिएनए परीक्षण गरी न्यायालयको प्रक्रिया पूरा गरी निजको बुवा, आमालाई बुझाउने शर्तमा सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी समाजसेवी पाण्डेको पहलमा नेपाल फर्काइएको हो ।

उनीहरुलाई अहिले माइती इन्डियाको संरक्षणमा राखिएको र आग्रा अदालतको सम्पूर्ण प्रक्रिया पुरा गरी १५ दिनभित्रमा आफन्तको जिम्मा लगाइने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement