‘डान्स प्लस ४’ को फाइनल पुग्न सुजनले यस्तो दमदार प्रतुती दिंदै (भिडियोसहित)

काठमाडौँ, १० माघ । भारतीय टेलीभिजन रियालिटी शो ’डान्स प्लस ४’मा नेपाली प्रतिस्पर्धी सुजन मार्फा तामाङले धमाकेदार डान्स दिइरहेका छन् । प्रत्येक एपिसोडको उनको प्रस्तुतिले जज र दर्शकको मन जितिरहेको छ ।

सुजनको जोडीको रुपमा आसामकी आँचल रहेकी छिन् । याे हप्ताकाे स्टार प्लसले आफ्नो युट्युबमा प्रोमो सार्वजनिक गरेको छ । जसमा उनले निकै राम्रो डान्स गरेका छन् ।

सुजन यसभन्दा अगाडि पनि ’डान्स इन्डिया डान्स’मा समेत सहभागी भएका थिए । उनी उक्त रियालिटी शोमा टप ६ सम्म पुग्न सफल भएका थिए ।

तर अहिले उनी ’डान्स प्लस ४’को फाइनलमा जान धेरै मेहनत गरिरहेका छन् । जसको फाइनल यही फेब्रुअरी ३ मा हुदैछ । उनि फाइनल सम्म पुग सक्छन कि सक्दैनन् त्यो त भविष्यले नै बताउने छ ।

यो प्रोमो हेर्नुहोस् :