व्यापारमा सफल बन्न चाहानुहुन्छ ? त्यसो भए फलो गर्नुहोस् ई-कमर्स कम्पनी अलीबाबाका मालिक ज्याक मा’ले दिएको यी ६ सूत्रलाई !

काठमाडौं, १० माघ । सबैलाई पैसा कमाउन मन लाग्छ र सबैलाई धनि बन्न मन लाग्छ । त्यसका लागी मानिसले हर सम्भब प्रयास गर्छ, दिनरात मेहेनत गर्छ तर पनि सोचे जस्तो भइरहेको हुँदैन । भनिन्छ सबै भन्दा धेरै धन बिजिनेसम्यानले कमाउँछ । यसको उदाहरण विश्वमा धेरै छन् । त्यसमध्ये ई-कमर्स कम्पनी अलीबाबाका मालिक ‘ज्याक मा’ एक हुन् । उनले व्यापारमा सफलता हात पार्ने छ उपायको बारेमा बताएका छन् ।

डाभोसमा चलिरहेको वर्ल्ड इकोनोमिक फोरमको वार्षिक बैठकमा मा’ले भने बिजनेसको जोखिमसँग डराउनुहुन्छ भने तपाईंलाई बिजनेस म्यान बन्ने कुनै हक छैन । यस्ता मानिसहरूका लागि जागिर नै उत्तम विकल्प हो ।

उनले व्यापारमा सफलता हात पार्ने पाँच उपायको बारेमा यसो भन्छन् –

‘मलाई नै नेतृत्व गर्ने क्षमता भएका मानिसलाई जागिर दिन्छु’

मा’ ले आफुलाई नै नेतृत्व गर्ने क्षमता भएका मानिसलाई जागिर दिने बताएका छन् ताकी आगामी ४/५ वर्षमा उ उनको पनि मालिक बन्न सकोस् ।

‘भविष्यमा कोही विशेषज्ञ रहने छैनन्’

एसियाली अनलाइन मार्केटको जाइन्ट कम्पनी अलिबाबालाई अहिलेको स्थितिमा पुर्‍याउने क्रममा कुनै डर वा सन्देहको सामना गर्नुपर्‍यो कि भन्ने प्रश्नमा उनले भने ‘भविष्यमा कोही विशेषज्ञ रहने छैनन् । एक्सपर्ट इतिहास बन्नेछन् ।’

‘बालबालिकालाई रचनात्मक बनाउनुस्’

आफ्ना बालबालिकालाई रचनात्मक सोच्ने बनाउन उनको सुझाव छ । उनीहरूलाई मेसिनले गर्न नसक्ने काममा प्रेरित गर्न पनि उनले सुझाव दिए । ‘आजकल मेसिनमा चिप हुन्छ, मानिससँग त दिल र दिमाग छ,’ उनले भने, ‘अबको शिक्षालाई त्यही दिशामा अघि बढाउनुपर्छ ।’

कुनै कुरा बदल्न सक्नुहुन्न भने आफैं बदलिनुस्

अलीबाबाको सफलताको सूत्र बाँड्दै मा’ले भने म एक शिक्षक थिएँ । शिक्षकले हमेशा चाहन्छ, विद्यार्थी आफूभन्दा जान्ने होस् । नियम एक- मानिसहरूलाई आफूभन्दा उत्कृष्ट बन्न सहयोग गर्नुहोस् । नियम दुई- यदि तपाईंले केही कुरा बदल्न सक्नुभएन भने आफैं बदलिनुस् ।

‘साझेदारीमा बिजनेस नगर्नुस्’

उनले उद्यमीहरूलाई सुझाव दिए, साझेदारीमा व्यापार नगर्नुस् । आफ्नो साथीलाई कारोबारमा सामेल नगर्नुस् । मित्रता व्यापार भन्दा ठूलो हुन्छ ।

‘प्रबिधिसँगै चल्नुहोस्’

उनले भने- ‘म मान्छु प्रविधि मानिसका लागि हो । तर प्रविधि भन्दैमा गलत चिजलाई अगाडि ल्याउनु सही होइन । राम्रो काम गर्नुहोस् । प्रविधिको माध्यमबाट पर्यावरणलाई अझै राम्रो बनाउनु आवश्यक छ ।