एक व्यक्तिद्वारा गोली हानी पाँच बैंक कर्मचारीको हत्या, हत्याबारे आँफैले दिए प्रहरीलाई जानकारी !

काठमाडौं, १० माघ । अमेरिकाको फ्लोरिडामा फेरी अर्को गोलि काण्ड भएको छ ।

एक व्यक्तिले फ्लोरिडामा रहेको सन ट्रस्ट बैंकमा प्रवेश गरी बैंक कब्जामा लिएर गोली हानी पाँच जनाको हत्या गरेको छ ।

ती ब्यक्तिले बैंकमा रहेका सबैलाई भुँइमा सुत्न लगाइ गोली हानेको बताइएको छ ।

घटनाको समयमा बैंकमा पाँच जना मात्रै रहेको र ती ब्यक्तिले पाँचै जनाको हत्या गरेको हो । हत्या गर्ने ब्यक्ति २१ बर्षिय जेइफेन जेभरले रहेको बताइएको छ ।

हत्या लगत्तै ती ब्यक्तिले बैंकबाट प्रहरीलाई फोन गरी आफूले पाँच जनाको हत्या गरेको जानकारी गराएका थिए ।

उनले के कारणले हत्या गरेको भन्ने बारे केही नभनेको अमेरिकी अधिकारीहरुले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको छ ।