सभापति देउवालाई घेराबन्दी लगाएर ‘असफल नेतृत्व चाहिँदैन, म्याद थप्न पाईदैन’ भन्दै नाराबाजी लगाए कार्यकर्ताले !

काठमाडौँ, १० माघ । नेपाली कांग्रेसको भात्रृ संगठन नेपाल बिद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताले सानेपास्थित पार्टी कार्यालय अगाडी नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

नेविसंघको कार्यकाल समाप्त भईसकेको अवस्थामा म्याद थपेर अधिवेशन लम्ब्याउने काम भएको भन्दै नेतृत्त्वबिरुद्ध नाएबाजी गर्दै कार्यकर्ताले नाराबाजी गरेका हुन् ।

बिहान ११ बजे बोलाइएको केन्द्रीय समिति बैठकका लागि शीर्ष नेताहरु कार्यालय पुगे लगत्तै सुरु भएको नेविसंघका कार्यकर्ताको नाराबाजी अहिलेसम्म जारी छ ।

नेविसंघको महाअधिवेशन समयमा हुन नसकेकोमा असन्तुष्ट भएका कार्यकर्ताले प्रदर्शन गर्ने पत्तो पाएपछि कार्यालयमा निर्धारित समय भन्दा २ घण्टा ढिलो पुगेका पार्टी सभापति शेरबहादुर देउवालाई घेराउ गरि नाराबाजी गरेका थिए ।

सभापति देउवालाई गाडीबाट झर्ने बित्तिकै घेरा हालेका नेविसंघ कार्यकर्ताले ‘असफल नेतृत्व चाहिँदैन, म्याद थप्न पाईदैन’ भन्दै नाराबाजी गरेका हुन् ।

केहि समयपछि विरोधमा उपस्थित कार्यकर्ताको भिडलाई हटाउदै देउवा कार्यालयमा प्रवेश गरेका थिए ।