विराटनगरमा स्कुल भ्यान दुर्घटना,साना-साना ६ जना बालबालिका विद्यार्थी घाइते,२ जना गम्भीर

विराटनगर । विराटनगरमा स्कुल भ्यान दुर्घटना हुदा ६ जना बालबालिका विद्यार्थी घाइते भएका छन्। दुइ जनाको अवस्था गम्भीर रहेक छ ।

विराटनगरमहानगरपालिका- १५ मा बिहीबार बिहान ११ बजे १ च ७०३४ नम्बरको भ्यान स्कुल नजिकै दुर्घटना भएको । दुर्घटनामा साना-साना बालबालिका विद्यार्थीहरु परेका छन् । सबै विद्यार्थी १० वर्ष भन्दा कम उमेरका रहेकाक छन् । भ्यान तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको हुन् सक्ने प्रहरी जनाएको छ।

सातजना विद्यार्थी बोकेर श्रीराम बोर्डिङ स्कुलतर्फ जाँदै गरेको भ्यान बाटैमा दुर्घटना हुदा युकेजीमा अध्ययनरत सात वर्षीय कुनाल साह, कक्षा २ मा पढ्ने १० वर्षीय दिलनवाज अन्सारी, ८ वर्षीय कृष्ण राजवंशी, ९ वर्षीय मधार अन्सारी, कक्षा १ मा पढ्ने ५ वर्षीय आयुष यादव र कक्षा ३ मा अध्ययनरत ९ वर्षीय पिपल राणापाल घाइते भएका छन् । एक जना ब्युटी साह भने सकुशल रहेको प्रहरीले जनाएको छ। दुई जना घाइतेको विराटनगरस्थित कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ। दुर्घटनापछि भ्यानका चालक विराटनगर- १४ का वीरेन्द्र महतो फरार रहेकाले उनको खोजि भइरहेको प्रहरीले जनाएको छ।