स्टेजमा गीत गाउँदा-गाउँदै टक्कै रोकियो मुटुको धड्कन ! चर्चित गायिकाको स्टेजमै मृत्यु,पुरै शहर स्तब्ध ! (भिडियो)

एजेन्सी। रसियन चर्चित ५३ बर्षीय गायिका फानिया खलीउल्लोभाको निधन भएको छ ।

स्टेजमा गीत गाउदा गाउदै ढलेका उनलाई अस्पतालले मृत  घोषणा गरेको हो । उनको निधन हृदयघातको कारण भएको अन्तराष्ट्रिय संचार माध्यमहरु जनाएको छ ।

रसियाको दोश्रो ठुलो शहर उल्यानोस्को क्षेत्र स्थिति डेमिट्रोभ्ग्राडमा आयोजना गरिएको कन्सर्टमा गीत गाउदा गाउदै स्टेजमा ढलेको भिडियो क्लिप सार्बजनिक भएको छ ।

फानियाले थिएटरमा आफ्नो प्रस्तुति दिँदा खचाखच दर्शक थिए। गायिका स्टेजमै ढलेपछि कन्सर्ट हेर्न आएका दर्शक बीच कोलाहालनै मच्चिएको थियो। हृदयघात भएको स्टेजमै ढलेपछि उनलाई अस्पताल लागिएको थियो। अस्पताल पुर्याउने बितिकै उनलाई डाक्टरहरुले मृत घोषणा गरेका थिए।

उनको मृत्यु भएको प्रति स्थानीय सरकार प्रमुखले समेत दुख व्यक्ति गरेका छन्। गायिका फानिया(Faniya Khaliullova)को हृदयघातको कारण स्टेजमै मृत्यु भएको हो। एक कन्सर्टमा गीत गाउँदै गरेकी फानिया हृदयघातको कारण स्टेजमै ढलेकी थिइन्।

उनको मृत्युको खबरले पूरै शहर चकित आश्चर्यमा परेको छ। उनका दर्शक श्रोताहरुले समावेदना प्रकट गरेका छन् ।