आंशिक बदली र हल्का वर्षाको सम्भावना

काठमाडौँ, १० माघ। आज मुलुकभरको मौसममा बदली हुनाका साथै पश्चिमी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ ।

शुक्रबार पनि देशको विभिन्न भागमा बदली हुने र प्राय पश्चिमी क्षेत्रलगायत अधिकांश स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना पनि देखिन्छ ।शनिबार पनि मौसममा बदलीका साथै हल्का वर्षाको सम्भावना रहेको र हिमाली भेगका केही स्थानमा हिमपात हुनसक्ने बताइएको छ । रासस