कृष्ण ओलीका लागि भुटानी मुलका नेपालीले अमेरिकामा उठाए ८५ लाख रुपैया सहयोग रकम, अब कृष्णले जर्मनी गएर हात खुट्टा लगाउने

काठमाडौँ । ११ हजार भोल्टेज क्षमताको करेन्ट लागेर दाङ, तुलसीपुरस्थि विद्युत प्राविधिक पदमा कार्यरत कृष्ण ओलीले आफ्नो दुवै हात र एक खुट्टा गुमाए । रुपासंग भर्खरै विवाह बन्धनमा  बाधिएका उनलाई एकाएक यस्तो दशा लागेपछि जिन्दगि नै सकिएको अनुभव भएको थियो । तर न कृष्णले न रुपाले हिम्मत हारे । आफ्नो अवस्थाको जानकारी दिदै उनीहरु मिडियामा आए । कृष्णको त्यो हालत देखेर मनका धनि नेपालीहरुको आशुसगै सहयोग आउन थाल्यो ।

दुर्घटना अगाडी कृष्ण ओली, तस्बिर स्रोत : इन्द्रको फेसबुकबाट

अहिले सम्म देश तथा विदेशबाट धेरै रकम उठी सकेको छ । तर आज अमेरिकाबाट संकलन भएको सहयोगको कुरा यहा जोड्दै छौ ।

मिडिया मार्फत कृष्ण ओलीको कारुणिक कथा सुनेर अमेरिकाको वासिङ्टन राज्यस्थित सियाटलमा बस्ने इन्द्र ओली जो भुटानी शरणार्थी हुन् उनको मन थामिएन । इन्द्र र कृष्णको थर एक हुनु केवल संयोग मात्र हो । उनलाई कृष्णको व्यथाले मन छोयो र जति सक्दो धेरै सहयोग गर्ने अठोट गरे ।

आफुले ५-१० डलर दिनु भन्दा आफ्नो आफन्तहरुसंग पनि सल्लाह गरेर अझ धेरै रकम संकलन गर्ने अठोटक साथ गोफन्ट खोले र सहयोगको अपिल गरे । सुरुमा त उनले ५० हजार अमेरिकी डलरको टार्गेट राखेका थिए तर कृष्णको अवस्था देखेर प्रवासका नेपालीहरु यत्ति मन खोलेर आएकी उनले टार्गेट रकम ७५ हजार अमेरिकी डलर पुराए । अहिले सम्म गो फन्ट मार्फत कृष्ण ओलीका लागि ७५ हजार ७ सय चौरानब्बे अमेरिकी डलर सहयोग रकम सङ्कलन भैसकेको छ । र लक्ष पुरा भईसकेक पछी इन्द्रले रकम संकलनलाई यहि स्थगित गरिसकेका छन ।

सहयोग रकम टार्गेट गरे भन्दा बढी उठीसके पछी इन्द्र ओली र उहाका साथीहरु फेसबुक लाइभ आएर यसरी खुसि बाढे :

सबै भन्दा महत्वपूर्ण कुरा के छ भने, यो सहयोग संकलनमा धेरै जसो अमेरिका निवासी नेपाली मुलका भुटानीशरणार्थीहरु रहेका छन । यसले प्रमाणित गर्छ संसारमा अझै मानवीयता मरेको छैन । जात, धर्म र राष्ट्रियता भन्दा माथि उठेर उहाहरुले सहयोग गरेका छन ।  अमेरिका लगायत अन्य देशहरुबाट पनि गोफन्ट मार्फत सहयोग जुटेको इन्द्र ओलीले जानकारी दिएका छन ।

कृष्ण र रुपा, तस्बिर श्रोत : कृष्ण रुपको फेसबुक पेजबाट

भुटानको चिरांगमा जन्मिएका इन्द्र ४ वर्षको उमेरमा नेपाल गएका हुन्। जीवनका १८ उर्वर वर्षहरू नेपालमा बिताउँदा पनि नेपालले इन्द्रलगायत दशौँ हजार भुटानी नेपालीलाई स्वीकारेन। तर पनि, त्यही ‘भुटानी नेपाली’ को परिचय बोकेर इन्द्र विगत १० वर्षदेखि अमेरिकामा बसिरहेका छन्।

इन्द्र ओली

संकलित रकम मध्य ‘गो-फण्ड’ ले काट्ने शुल्क काटेर सम्पूर्ण रकम केही सातामा नै कृष्ण र उनकी पत्नी रूपालाई सार्वजनिक रूपमा हस्तान्तरण गरिने इन्द्रले साझापेजसंग बताए।

अमेरिकामा त्यत्ति ठुलो रकम संकलन भएको खबर सुनेर कृष्ण ओलीले सहयोगी मनहरु सबैलाई धन्यवाद दिएका छन । यो संगै अब उनको हात खुट्टा जोडिने भएको छ । कृष्णका अनुसार हात खुट्टा जोड्नको लागी करिब एक करोड रुपैया लाग्ने र जर्मनीमा उपचार गर्ने योजना रहेको छ ।

दुवै हात र एउटा खुट्टा गुमाएका कृष्ण ओली। तस्बिर श्रोत: ‘कृष्ण ओली एंड रुपा ओली’ फेसबुक पेजबाट

अमेरिकाबाट मात्र हैन विश्वभर छरिएर रहेका हजारौ नेपालीहरुले कृष्ण ओलीलाई आफुले सकेको सहयोग रकम पठाएका छन र पठाउने क्रम जारी रहेको छ । दुखि पिडितलाई सहयोग गर्ने नेपालीको मन संसारमै उदाहरणीय रहेको यसबाट पनि प्रमाणित हुन्छ ।