साम्राज्ञीको इन्स्टाग्राम ह्याक गरी राखियो अश्लिल तस्बिर !

काठमाडौं, १० माघ । पछिल्लो समय कलाकारहरु सामाजिक संजालमा निकै सक्रिय हुने गारेका छन् । सामाजिक संजालमा जो बढी सक्रिय हुन्छ उसकै लोकप्रियता बढी हुने र फलोअर्स पनि धेरै कमाउने गरेका छन् ।

यसै सन्दर्भमा चल्तीकी लोकप्रिय नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको बारेमा कुरा गरौँ । साम्राज्ञी सामाजिक संजाल इन्स्टाग्राममा निकै सक्रिय छिन् । उनलाई इन्स्टाग्राममा करिब ४ लाखले फलो गरेका छन् । तर अहिले उनको यो एकाउन्ट ह्याक भएको छ ।

ह्याकरले एकाउन्ट ह्याक गरेर केही अश्लिल तस्बिर पोष्ट गरी अहिले त्यो तस्बिर हटाएका छन् । मंगलबारदेखि ह्याक भएको उनको यो एकाउन्ट आजसम्म पनि सुचारु भएको छैन ।