जुम्लामा हिमतुफानमा बेपत्ता भएका दाजुभाइमध्ये दाई घाइते, भाइ मृत फेला !

जुम्ला, १० माघ । सोमबारदेखि लगातार परेको हिउँतुफानमा बेपत्ता भएका दाजुभाईमध्ये भाइ मृत फेला परेका छन् ।

जुम्ला जिल्लाको सिंजा गाउँपालिका–६ जोडुका २७ वर्षीय शिवचन्द्र बुढाको हिँउ परेको ठाँउमा कठ्याङ्ग्रिएर मृत्यु भएको हो ।

मृत्यु भएका बुढा आफ्ना दाईसँग पटमाराबाट राडीपाखी बेचविखन गर्न गाउँ जोडु जानेक्रममा नाकुल्ली लेकको हिमतुफानमा परेका थिए ।

तीव्र हिमतुफानका कारण दाजु भाई बेपत्ता भएका थिए । खोजीका क्रममा दाई घाइते अवस्थामा फेला परेका थिए भने मृत बुढा दुई फिट भन्दा बढी हिउँ परेको ठाँउबाट मृत अवस्थामा फेला पारिएका हुन् ।