एउटै गोत्रमा किन विवाह गर्नु हुदैन ? यस्ता छन् धार्मिक र वैज्ञानिक कारणहरु !

हाम्रो देशमा बेला-बेलामा अन्तर्जातीय विवाहको विरोध भएको र नस्वीकारेको बारेमा तपाईले सुन्नु नै भएको होला । तर कहिलेकाहीँ केटा र केटीको परिवार गोत्र समान हुदाँ पनि चर्को विरोध हुन्छ । तपाई यस बारे जानकार हुनुहुन्छ होला कि हिन्दु धर्ममा गोत्र यानि वंश/कुल एउटै भएमा कुनै हालतमा विवाह हुन सक्दैन। हिन्दु धर्ममा एउटै गोत्रको विवाहलाई निषेध गरिएको छ । त्यसैले केटा र केटीको गोत्र फरक भए मात्र विवाह गरिन्छ । खासगरी नेपालका हिन्दु ब्राह्मण जातिका समुदायमा यो प्रचलन बढी रहेको छ । अन्य आदिवासी जनजाति समुदायमा भने यस विषयलाई खासै महत्व दिइँदैन । उनीहरुमा मामाचेली, फूपूचेली नाता सम्बन्धमा समेत विवाहलाई मान्यता दिइन्छ । तर हिन्दु धर्ममा सगोत्री(एउटै गोत्र) वा हाडनातामा विवाह गर्न रोक लगाईएको छ ।

के हो गोत्र ?

गोत्र शब्दको अर्थ हुन्छ वंश/कुल (lineage) । गोत्र प्रणालीको मुख्य उद्देश्य कुनै व्यक्तिलाई उसको मूल व्यक्तिसँग जोड्नु हो । यसलाई यसरी बुझ्न सकिन्छ, मानौं कुनै एक केटाको परिवारको गोत्र वशिष्ठ हो र केटीको परिवारको पनि गोत्र वशिष्ठ हो भने दुवै वैवाहिक बन्धनमा बाँधिन पाउँदैनन् किनकी उनीहरु दुवै जनालाई एकै पूर्वज यानि वशिष्ठ ऋषिको सन्तान मानिन्छ ।

हिन्दु धर्मका विभिन्न जातिहरुका अलग-अलग गोत्र हुन्छ । उदाहरणको लागि यदि हामी ब्राह्मण जातिको कुरा गर्ने हो भने यसमा सप्तऋषि(विश्वामित्र, जमदग्नि, भारद्वाज, गौतम, अत्रि, वशिष्ठ, कश्यप) र आठौँ ऋषि अगस्त्य आदि पर्छन । एकै गोत्रमा विवाह नगर्नुमा धार्मिक र वैज्ञानिक दुवै कारणहरु छन् ।

धार्मिक कारण :

गोत्र समान हुदाँ परिवारको सम्बन्ध एकै कुलको मानिन्छ । जसको कारण केटा र केटीको सम्बन्धलाई भाई र बहिनी रुपको लिईन्छ, यसकारण उनीहरुको बीच वैवाहिक सम्बन्धलाई मान्यता दिइँदैन । गोत्र परम्पराको सम्बन्ध मूलत: रक्त सम्बन्धसँग हुन्छ । धार्मिक ग्रन्थहरुमा पनि सगोत्री विवाहलाई दोष मानिएको छ । आपस्तम्ब धर्मसूत्रको अनुसार एकै गोत्रमा विवाद गर्दा सन्तानमा अनेक दोषहरु पैदा हुन्छ । त्यस्ता दोष सिर्फ शारीरिक मात्र नभई चारित्रिक र मनसँग सम्बन्धित दोष पनि हुन्छ । र साथै विभिन्न किसिमका समस्याहरु झेल्नु पर्ने हुन्छ र वैवाहिक सम्बन्ध पनि राम्रो हुँदैन । गोत्रको विषयमा विभिन्न ठाउँ या जातजाति अनुसार अलग-अलग मान्यताहरु रहेका छन् । कहीं ४ गोत्रमा विवाह गर्नु गलत मानिदैन भने कही ३ गोत्रमा विवाह गर्न अनुमति दिईन्छ ।

वैज्ञानिक कारण :

यसको पछाडी वैज्ञानिक कारण छ कि एकै कुलमा जन्मेको क्रोमोजोम समान हुन्छ, यस्तो अवस्थामा दम्पतिको हुने वाला सन्तानमा आनुवांशिक दोष र रोगहरु लाग्ने सम्भावना प्रबल हुन्छ यसकारण समान गोत्रमा विवाह गर्नु हुदैन । यसैमा ध्यानमा राखी सायद हाम्रो पूर्वजले यस्तो नियम बनाएको हुन् सक्छ ।

यस सन्दर्भमा महान विचारक ओशोले भनेका छन् कि स्त्री-पुरुषले जति अधिक दूरीमा विवाह गर्यो उति नै उनको सन्तान अधिक प्रतिभाशाली र गुणी हुन्छ । भावी सन्तानमा आनुवंशिक रोग लाग्न सक्ने सम्भावना निकै कम हुन्छ । उनीहरुको क्रोमोजोम निकै मजबूत हुन्छ र जीवनको संघर्षशील परिस्थितिमा दृढताको साथ लड्न सक्ने क्षमता हुन्छ । एजेन्सी