आमा भन्छिन् – ‘बम दिदीबहिनी दोषी नै हुन् भने फाँसी दिइयोस्’ (भिडियो सहित)

काठमाडौं, ९ माघ । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा दोषी ठहरिएका बम दिदीबहिनीको जीवन पनि यतिबेला कष्टकर नै बनेको छ । निर्मलाको हत्या भएको दिन बम दिदीबहिनिकहाँ निर्मला जानु र निर्मलाको आमालाई उनीहरुले दिएको जवाफ नै उनीहरुको लागि अभिशाप साबित भएको छ ।

रोशनी निर्मलाको हत्यापछि बिद्यालय जान सकेकी छैनन् । बिद्यालयले अन्य बिद्यालयमा पढ्न जाने अनुमति पनि दिएको छैन । बबिताले पनि स्नातक दोस्रो बर्षको परिक्षामा समाबेश हुन पाइनन् । यतिमात्र होइन, बेश्या र हत्याको आरोपले उनको विवाह नै रोकिएको छ ।

‘सरकारले हामीलाई यो आरोप लगाएको होइन, अधिकारकर्मी र मिडियाले लगाएका हुन् । उनीहरुले लगाएको आरोपले हामीलाई ज्यूदै मारेको छ भने जीवनभर भूल्न नसकिने पीडा दिएको छ’ बबिताले भनिन् ‘१२ साउनमा मेरो इंगेजमेन्ट भएको थियो, मंसिरको पहिलो साता विवाह गर्ने कुरा थियो । तर मलाई यस्तो आरोप लाग्यो की विवाह नै गर्न नसकिने अबस्थामा पुग्यो ।’

बबितासँग इंगेजमेन्ट गरेको केटाको परिवारले अहिले विवाह गर्न मानेको छैन । ‘पहिले सत्य तथ्य पत्ता लागेस त्यसपछि सोचौला भन्ने जवाफ आएको छ’ बबिताले भनिन् ‘म पनि छिटो सत्यतथ्य पत्ता लगोस भन्ने पक्षमा छु । आरोपबाट म मुक्ति पाउने थिएँ ।’

निर्मलाको हत्यापछि बबिताको परिवार बन्दी बनेको छ । बिछिप्त मनहरु लिएर राजधानी काठमाडौं पनि न्याय माग्दै आए । तर न्याय माग्ने कोसँग ? उनीहरु आफै रनभुल्लमा परेका छन् ।

यसै क्रममा एक मिडियाले बम दिदीबहिनीको आमासंग गरेको कुराकानी गरेको छ । हेर्नुहोस् उक्त भिडियो ।