विवाहलगत्तै भुलेर पनि नगर्नुहोस् यी चार काम, नत्र हुनेछ वैवाहिक जीवन तहस नहस !

काठमाडौं, ९ माघ । विवाह जीवनको सबैभन्दा महत्वपुर्ण बन्धन हो र सुखद क्षण पनि हो । तर विवाह गरिसकेपछि कसैको जीवनमा दुख पनि आउन सक्छ । एक अर्काको भावनालाई सम्मान नगर्ने, नबुझ्ने जीवनसाथी पर्यो भने प्राय यस्तो दुख आउने गर्छ । त्यसकारण वैवाहिक जीवनलाई सुमधुर बनाउन विवाह पछि कस्ता कुराहरु गर्नु हुँदैन अर्थात विवाहपश्चात कुन -कुन कुराहरुमा ध्यान दिनुपर्छ भन्ने बारेमा आज हामी तपाइँलाई केहि टिप्स दिन लागिरहेका छौं ।

१. विवाहमा भएको खर्च : विवाहपछि आफ्नो पार्टनरसँग विवाहमा भएको खर्चको बारेमा छलफल नगरेको राम्रो । विवाहमा दुवैतर्फबाट अनावश्यक माग भएर फजुल खर्च भएको हुनसक्छ । विवाह लगत्तै यो विषयमा छलफल गर्दा प्रारम्भिक दिनमै मनमुटाव हुनसक्छ ।

२. आफन्तको विषयमा जोक : विवाह समारोहमा विचित्रका आफन्तहरुसमेत देखिन सक्छन् । यस्ता पात्र केटा या केटी दुवैतर्फबाट आएका हुन सक्छन् । परिवारका सदस्यबाट समेत अनावश्यक व्यवहार भएको हुनसक्छ । यस विषयमा तत्काल कुरा गर्नु जोखिमपूर्ण हुनसक्छ । जसले यस्तो व्यवहार गरेका हुन्छन्, ती व्यक्तिसँग दुलाहा या दुलहीको गहिरो सम्बन्ध हुनसक्छ । उनीहरुको बारेमा जोक बनाउँदा चित्त दुख्नसक्छ ।

३. पूर्व प्रेम सम्बन्ध : पूर्वप्रेमी या प्रेमिकासँग आफ्नो पार्टनरको बानी व्यहोरा नजाँच्नु नै वैवाहिक जीवनमा फलदायी हुन्छ । यस्तो बानी छ भने हटाउनु नै उत्तम हुन्छ । नत्र यसले वैवाहिक जीवन सुरु नहुँदै समस्या सुरु हुनसक्छ ।

४. भाउ खोज्नु : यो त तिम्रो काम हो आफैं गर भन्दै विवाहको प्रारम्भदेखि नै भाउ खोज्नु सुमधुर वैवाहिक यात्राको बाधक व्यवहार हो । तत्काल प्रतिक्रिया जनाउनुभन्दा उनको व्यवहार हेरेर आफ्नो पार्टनरलाई बिस्तारै बानी पार्दै जानु राम्रो हो ।