हिमाल चढेर विकिनीमा फोटो सुट गरेर चर्चित बनेका गिगीको मृत्यु (फोटो फिचर)

एजेन्सी । ताइवानीकि चर्चित विकिनी आरोही गिगी वुको मृत्यु भएको छ । गिगी बिकिनी हाइकरको रुपमा पनि चर्चिएत थिईन् । किनकी उनले हिमाल तथा पहाडको चुचुरोमा आरोहणपछि बिकिनी लगाएर तस्बिर खिचाउने गर्थिन् । उनले त्यसरी खिचेका तस्बिरहरु सामाजिक सञ्जालमाफर्त विश्वभर भाईरल हुने गथ्र्यो ।

३६ बर्षीय गिगी जनवरी ११ मा एक्लै पहाडको यात्रामा निस्किएका थिईन् । एक्लै यात्रामा निस्किका उनि लडेर घाईते भईन् । लडेर सख्त घाइते भएपछि उनले साथीहरुलाई सेटलाइट फोनमार्फत आफुलाई मद्धत चाहिएको बताएकी थिईन् । लगत्तै उनको उद्धारको लागि हेलिकप्टर पनि पठाईयो तर मौसममा खराबी आएपछि हेलिकप्टर ल्याण्ड हुन सकेन फलस्वरुप २ डिग्री सेल्सियसको तापक्रममा चिसोको कारण त्यहि उनको मृत्यु भयो ।

गिगीको शव समुन्द्री सतहभन्दा करिब १७०० मिटरमा भेटिएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् । यसअघि पनि यात्राकै क्रममा धेरै पटक घाईते भएकी गिगी चाहिने उपकरण र सावधानीमा सधै सजग रहन्थिन ।