तरकारीवाली पछि भाइरल भइन् कैचीवाली ‘दिभिसा’, ह्याण्डसम बन्न आफुसंग आउन केटाहरुलाई गरिन् यस्तो अफर ! (भिडियो सहित)

काठमाडौँ, ९ माघ । सामान्यतया एउटा केटी मान्छेले सैलुन खोलेर केटा मान्छेहरुको कपाल काट्ने काम गर्नु नेपालको सन्दर्भमा चुनौतीपूर्ण काम हो । तर त्यहि चुनौतीसंग मुकाबिला गर्न रुचाउने एक शाहासी नारी हुन् दिभिसा शर्मा नेपाल ।

दिभिसा नेपालकी एक चर्चित हेयर डिजाइनर हुन् । उनले केटा केटी दुवैको रोजाइमा जस्तो सुकै डिजाइन दिएर पनि कपाल काट्ने गर्छिन् । समाजले हेर्ने दृष्टिकोणलाई बेवास्ता गर्दै दिभिसाले लामो समयदेखि यहिँ पेशा अपनाउदै आएकी छिन् ।

दाह्री काट्ने, फेसियल गर्ने जस्ता सबै कामहरु आफैले गर्ने गरेको उनि बताउँछिन् । उनले अन्य दाजुभाइहरुको लागि कतै विवाह, पार्टी तिर जानुछ भने आफ्नो पार्लरमा आए ह्याण्डसम बनाएर पठाउने बताएकी छन् । आफ्नो काम देखि आफु सन्तुष्ट रहेको र अरुले कुरा काट्दैमा काम गर्न छोड्न नहुने उनको भनाइ छ ।

भिडियो कुराकानी हेर्नुहोस् :