आउदो ११ गते विद्येयक जसरी पनि पास हुन्छ, मन्त्रीलाई रोष्ट्रममा जान दिईएन भने मन्त्री बसेकै ठाउँबाटपनि विद्येयक पास हुन्छ: संसद भट्टराई

काठमाडौं, ९ माघ । नेकपा स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले आउदो माघ ११ गते बस्ने संसद बैठकबाट चिकित्सा शिक्षा विद्येयक जसरी पनि पारित हुने बताएका छन्।

आज बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सांसद भट्टराईले ११ गतेको बस्ने बैठकबाट विद्येयक पारित हुने बतायका हुन् । भट्टराईलाईले भने; यदि मन्त्रीलाई रोष्ट्रममा जान दिईएन भनेपनि मन्त्री बसेकै ठाउँबाट भएपनि पनि विद्येयक पास हुन्छ ।

माघ ११ गते बस्ने बैठकमा यो विद्येयक हामी ट्याक्कै पारित गर्छौं । पास हुन्छ, मन्त्रीलाई रोष्ट्रममा जान दिईएन भनेपनि मन्त्री बसेकै ठाउँबाट पनि पास हुन्छ । किनभने त्यसको नजिर चाहीँ कांग्रेसकै नेता रामचन्द्र पौडेलले बसाई सक्नुभएको छ।’