राहुल गान्धीकी बहिनी प्रियङ्का गान्धीलाई कांग्रेसले लय सक्रिय राजनीतिमा

एजेन्सी, ९ माघ । भारतमा संसदीय निर्वाचनको पूर्वसन्ध्यामा भारतीय राष्ट्रिय कांग्रेसले प्रियङ्का गान्धीलाई सक्रिय राजनीतिमा ल्याएको छ ।

देशकै सबैभन्दा पुरानो दल भारतीय राष्ट्रिय कांग्रेसले नेहरू-गान्धी परिवारबाट प्रियङ्का गान्धीलाई सक्रिय राजनीतिमा ल्याएको हो ।

उनी पूर्वप्रधानमन्त्री राजीव गान्धी र सोनिया गान्धीकी छोरी एवम् वर्तमान पार्टी अध्यक्ष राहुल गान्धीकी बहिनी हुन् ।

पार्टीले उनलाई पूर्वी उत्तर प्रदेशको महासचिव नियुक्त गरेको छ । आगामी फेब्रुअरी महिनादेखि उनले त्यो भूमिका निर्वाह गर्नेछिन् ।

भारतमा एप्रिल र मे महिनामा लोकसभाको निर्वाचन हुँदैछ । निर्वाचन हुने कुल ५४३ संसदीय क्षेत्रमध्ये उत्तर प्रदेश राज्यमा सर्वाधिक ८० क्षेत्र छन् ।