डिभोर्सको हल्लाले एलिजालाई तनाव, आखिर यस्तो कुरा कसरी बाहिरियो ? (भिडियो अन्तर्वार्ता)

काठमाडौँ, ९ माघ । चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको डेब्यु चलचित्र ‘अनुराग’को व्यापक प्रचारप्रसार भएपनि चलचित्रको व्यापार खासै सुखद हुन सकेन ।

सत्यराज चौलागाइँले निर्देशन गरेको यस चलचित्रमा नवनायक समुन्द्र पण्डित एलिजाको अपोजिटमा देखिएका थिए ।

यद्यपी एक युट्युब च्यानलसँगको कुराकानीमा एलिजाले दर्शकको माया पाएर आफू उत्साहित भएको बताएकी छिन् ।

‘चलचित्र हेरेपछि धेरैले सल्लाह सुझाब दिनु भयो । मेरो पनि फ्यान रहेछन् भने थाहा पाउँदा उत्साहित भए,’ उनले भनेकी छिन् ।

केही समय अगाडि नायिका गौतमले पत्रकार ऋषि धमलासँग डिभोर्स गर्दैछिन् भन्ने हल्ला चलेको बारे सोधेको प्रश्नमा उनले आफ्नो डिभोर्स असम्भव भएको बताएकी छिन् । उनीसँग ‘फर्सी नेटवर्क’ले गरेको कुराकानी हेर्नुहोस् ।