नेपाल र युएईबीच हुने एएनआईबी च्यालेन्जको विजेताले पाउनेछ ३ लाख रुपैयाँ !

काठमाडौं, ९ माघ । नेपाल र संयुक्त अरब एमिरेट्स (यूएई) बीच हुने ३ एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) र ३ टि ट्वान्टी अन्तर्राष्ट्रिय सिरीजको बिजेता टोलीले १० हजार दिर्हाम अर्थात ३ लाख नेपाली रुपैयाँ पाउने भएको छ ।

युएई क्रिकेट बोर्डको आधिकारिक बिमा कम्पनी (एएनआईबी)ले यो खेललाई प्रयोजन गरेको छ । युएई क्रिकेट बोर्डले आफ्नो आधिकारीक ट्विटरमा गरेको पोष्ट अनुसार एएनआईबीसँग सम्झौंता गर्दै सिरीज विजेता टोलीले १० हजार दिर्हाम पाउने जानकारी दिइएको हो । एएनआईबीले प्रायोजन गरेकोले यो सिरिजको नाम एएनआईबी च्यालेन्ज राखिएको छ ।

नेपालले २५ जनवरीदेखि २८ जनवरीसम्म वान डे अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ । त्यस्तै जनवरी ३१ देखि फेब्रुअरी ३ सम्म ३ टि ट्वान्टी आई खेल्दै यूएई भ्रमण सकाउने छ । नेपाली टोली सिरीजको लागि मंगलबार दुबई पुगि सकेको छ ।