नेपाल आइडलका सुरज थापाले ल्याए फेरी सारा नेपालीलाई रुवाउने भिडियो “हे बरै आएन पर्देशी” (भिडियो)

काठमाडौँ । अन्तराष्ट्रीय गायन रियालिटी सो नेपाल आइडल सिजन एकको प्रतियोगिताको उत्कृष्ट छ बाट बहिरिएका सुरज थापाले फेरी ल्याए हृदयविदारक गीतको भिडियो “हे बरै आएँन पर्देशी” ।

गायक सुरजकै शब्द,संगीत,एरेन्ज र निर्देशन उक्त भिडियो ल्याएका हुन् । नेपालीहरुको वास्तविक जीवनमा घटेका घटनालाई गीत मार्फत जस्ताको त्यस्तै उतारेका छन् । गरिब परिवारमा जन्मिएका छोराले बुबा आमा र घर परिवार पाल्न खाडी मुलुक जाने अझै पनि हाम्रो नेपालीको वाध्यता बनेको छ । त्यसै सेरोफेरोमा एक गरिब परिवारमा जन्मिएका छोराको जिम्मेरारी र पैसाको अभाब टार्न विदेशिएको जीवन र जेल जीवनको कुरालाई देखाइएको छ । 

विदेश कमाउन गएका छोरा/प्रिय  खाडीको जेलमा फसेर बसेको दृश्यले जो सुकेको पनि मन रुवाउछ । यता परिवारको पिडा र उता छोरा जेलमा ! यस्तै कुरालाई भिडियोमा देखाइएको छ।  जुन भिडियोलाई उत्तम हुमागाई र गौतम थापाले खिचेका हुन् ।