उपचारका लागि आएकी एक महिलाको अनौठो शर्त सुनेर डाक्टर नै चकित !

एजेन्सी, ९ माघ । स्टकल्याण्डकी एक डाक्टरको क्लिनिकमा एउटा यस्तो घटना भयो, जुन सुन्दा खेरी सामान्य लाग्छ तर त्यसलाई गहिरिएर मनन गर्दा कुरा निकै गहन छ ।

ती डाक्टरको क्लिनिकमा एक महिला पुगिन् र उनले रिसेप्शनिस्टसँग यस्तो डाक्टरका विषयमा सोधिन जो एशियाली मुलुकको नहोस् । महिलाको कुरा सुनेर रिसेप्शनिष्टले सम्झाउने कोशिश गरिन्। तर ती महिला रिसप्शेनिष्टको कुरा मान्दिनन् । तर, रिसेप्शनिष्टले सम्झाएर महिलालाई चुप लगाएरै छोड्छिन् ।

महिला डाक्टरले यही किस्सालाई आफ्नो ट्विटर एकाउन्टमा शेयर गरिन् र आफ्नो टीमको प्रसंशा गरेकी छन् ।

यो किस्सा स्कटल्याण्डको ग्लास्गोमा एक क्लिकिन संचालन गर्ने डाक्टर पूनम कृष्णनले सामाजिक संजालमा शेयर गरेकी छन्। यसमार्फत उनले आम मानिससँग रंगभेद (रेजिज्म) अन्त्य गर्न अपील गरेकी छन् ।

डाक्टर पूनमका अनुसार केही दिन अगाडि एक महिला बिमारी क्लिनिकमा आइन् र रिसेप्शनिष्टसँग अप्वाइन्टमेन्ट माग्दै आफूले एसियन डाक्टरसँग उपचार नगराउने बताइन् । रिसप्शेनिष्टले डाक्टर एसियन नभएर स्कटिश (स्टकल्याण्ड) की भएको बताइन् ।

रिसेप्शनिष्टको कुरा सुन्ने वित्तिकै ती महिलाले डाक्टर स्कटिश जस्तै नदेखिएको बताइन् । जवाफमा रिसेप्शनिष्टले सोधिनन्, ‘स्काटिश कस्ता देखिन्छन्?’ त्यसपछि महिलाले कुनै जवाफ दिइनन् र त्यहाँ सन्नता छायो । केही समयपछि महिलाले अप्वाइन्टमेन्ट कार्ड लिइन र त्यहाँबाट गइन् । यो किस्सालाई शेयर गर्दै डाक्टर पूनमले आफ्नो टीममाथि गर्व भएको बताइन् ।