चन्द्रागिरिलाई यसरी ढाक्यो हिउँले (फोटो फिचर)

काठमाडौँ, ९ माघ । काठमाडौँको पश्चिमी डाँडो चन्द्रागिरीमा गए राति हिमपात भएको छ ।

काठमाडौँ उपत्यका आसपासका क्षेत्र चन्द्रागिरि, फुलचोकी, शिवपुरीलगायतका स्थानमा गएरातिदेखीनै हिमपात भएको हो। हिमपातका कारण चिसो बढेको छ।

पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा हुनुका साथै हिमाली तथा पहाडी भेगमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो पनि मौसममा सुधार हुने छैन् । देशभर सामान्य देखि पूर्ण बदलि हुने महाशाखाले जनाएको छ । त्यस्तै पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केही स्थानहरुमा हल्का वर्षा हुने छ भने देशको हिमाली भेगमा हिमपात हुनेछ ।

आज राति र भोलि पनि मौसम बदली हुने महाशाखाले जनाएको छ ।

सेताम्य चन्द्रागिरी तस्बिरमा हेर्नुहोस् :

तस्बिर सौजन्य : चन्द्रगिरि हिल्स