जापान जान रोकेको भन्दै सहसचिव पाण्डे मन्त्री मगरमाथि खनिए !

काठमाडौं,९ माघ । खानेपानी मन्त्री विना मगरको निजी सचिवालयले मन्त्रालयको सहसचिवबिरुद्ध एक बिज्ञप्ति जारी गरेको छ ।

उक्त बिज्ञप्तिमा खानेपानी मन्त्री बिना मगर र खानेपानी सचिवमाथि पूर्वाग्रह साँधेर मन्त्रालयका सहसचिव राजनराज पाण्डेले बदनाम गरेको जनाइएको छ ।

मन्त्री मगरको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा सहसचिव पाण्डे संघीयता विरोधी कुरा गर्दा प्रदेश नम्बर ७ बाट फिर्ता भएको र जापानमा हुने एउटा तालिममा जान नपाएपछि प्रतिशोध साँध्दै मिडियाबाजीमा उत्रिएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मर्यादित सहसचिव पदमा रहेका व्यक्तिले पूर्वाग्रही र अनुशासनहीन भएर दिइएको प्रतिक्रिया अनुशासनहीनताको पराकाष्ठा हो र जिम्मेवारी नदिइएको विषय कपोलकल्पित र भ्रामक हो ।’

खानेपानी मन्त्रीका निजी सचिव गुणराज श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पाण्डे २०१९ को मार्च १८ मा जापानमा हुने लागेको कार्यक्रममा जान इच्छुक रहेर फाइल पेश भएको थियो, उनको आफ्नै सक्रियतामा विदेश जाने तयारीमा मन्त्रालयले अनावश्यक विदेश भ्रमण रोक्न खोज्दा सहसचिव पाण्डे पूर्वाग्रही भएर मन्त्रीज्यूलाई औँला ठड्याएर बाहिर निस्केको र त्यसैको प्रतिशोध साँध्दै अनेक लाञ्छना लगाएर मिडियाबाजीमा उत्रिएको पाइएकाले भ्रामक समाचारमा विश्वास नगर्न अपिल गर्दछौँ ।’

बिज्ञप्ति हेर्नुहोस् :