यस्तो डरलाग्दो अनुहारको छालाको दाग एक्कै छिनमा हटाउने सजिलो घरेलु उपाय !

एजेन्सी। सबै मानिसलाई आकर्षक शरीर र चम्किलो अनुहार मन पर्छ । बिशेषगरि अनुहारको छाला चम्किलो गोरो बनाउन मानिसहरु अनेकै प्रयत्न गरि रहन्छन ।

आफैले पनि घरेलु उपचारको मध्यमबाट पनि अनुहारमा चमक ल्याउन सकिन्छ । जस्ले तपाइको छालामा भएको दाग,चाउरीपनलाई छिटै हटाइ छालालाई नरम , सफा र चमकदार बनाउँदछ ।

चाहिने आवश्यक सामाग्रीहरु:

– १ चम्चा दालचीनीको धुलो
-१ चम्चा कागतीको रस
-१ चम्चा जाइफल
– १ चम्चा मह

बनाउने विधि

एउटा कचौरामा माथिका सबै सामाग्रीहरुलाई मिसाई बाक्लो मिश्रण बनाउनुहोस् । यदि तपाइँको छाला संवेदनशील छ भने , अलि बढि महलाई मिसाउन सक्नुहुन्छ । महले तपाइँको छालालाई सुनिनबाट बचाउँदछ । तर रोसासिया ( छाला रातो हुने रोग ) भएका मानिसहरुले भने यसको प्रयोग सकेसम्म नगर्नुहोस् । किनकी यसले रक्तनलीलाई झन फराकिलो पार्न सक्दछ । केहि मानिसहरु यसको सट्टामा कमेरो ( व्हाइट क्ले ) को प्रयोग गर्ने गर्दछन् । यदि मिश्रण धेरै नै बाक्लो भएमा थोरै पानी मिसाउन सक्नुहुन्छ ।

यस फेसमास्कलाई लगाउन भन्दा पहिला आफ्नो मुख साबुनपानीले राम्ररी धुनुहोस् । त्यसपछि तपाइँलाई मनपर्ने मोइस्चराइजरलाई लगाउनुहोस् । यसपछि फेसमास्कलाई छालाको दाग , चाउरी भएको ठाउँमा लगाउनुहोस् । यसलाई लगाउनाले तपाइँलाई घोचेको वा चिल्लाएको महशुश भएमा पनि नडराउनुहोस् । यसले झन फेसमास्कले असर गरेको कुरालाई सङ्केत गर्दछ । यस विधिलाई हरेक दिन अपनाउनुहोस् । त्यसपछि तपाइँको छाला छोटो समयमा नै चम्किलो , सफा र नरम बन्नेछ ।