प्रियंका र आयुष्मानले पत्रकार सम्मेलन गरेरै घोषणा गरे छोरीको नाम, खास कुरो के हो ?

काठमाडौं, ८ माघ । इन्गेजमेन्ट गरीसकेका कलाकारद्वय अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजले आगामी असारमा बिहे गर्ने घोषणा गरेका छन् ।

सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ‘आयंका फाउन्डेसन’ को शुभारम्भ गर्दै उनीहरुले यो कुराको खुलासा गरेका हुन् ।

इन्गेजमेन्ट भएलगत्तै आयुष्मान र प्रियंकाले खोपेका ‘आयंका’ नामक ट्याटुको नामबाटै ‘आयंका फाउन्डेसन’ पनि खोलेको बताएका छन् ।

दुवैले ‘आयंका फाउन्डेसन’ फाउन्डेसनमार्फत बालबालिकाको क्षेत्रमा काम गर्ने घोषणा गरेका छन् । आफूले चलचित्र खेलेर आएको पारिश्रमिकको १० प्रतिशत फाउनन्डेसनलाई छुट्याउने दुवैले घोषणा गरेका छन् ।

यसैबीच प्रियंका र आयुष्मानले आफ्नो पहिलो सन्तान छोरी हुने र छोरीको नाम आयंका राख्ने बताउँदै आएका छन् । उनीहरुको चाहना पहिलो सन्तान छोरी नै जन्मियोस् भन्ने रहेको छ ।