भारतीय सिमामा विप्लव नेतृत्व नेकपाले लगायो काँडे तारबार !

चितवन, ८ माघ । सीमा सुरक्षा गर्न विप्लव नेतृत्वको नेकपाले नेपाल भारत सीमामा काँडे तारको बार लगाएको छ ।

पार्टी केन्द्रीय सदस्य कृष्ण अधिकारीको नेतृत्वमा गएको अखिल (क्रान्तिकारी) विद्यार्थीको टोलीले माडी नगरपालीका ५ सोमेश्वरगढी सीमा क्षेत्रमा ३० मिटर काँडे तार लगाएको मंगलबार हो ।

सोमेश्वर गढीको ४५ नम्बर पिल्लरमा काँडेतार लगाएर सीमा रक्षाको सुरुवात गरेको छ ।

विगतदेखि भारतले नेपालमाथि गर्दै आएको सिमा अतिक्रमणको विरोधमा नेकपाले काडेतार लगाएको जनाएको छ । निरन्तर सीमा मिचिदा पनि सरकारले वास्ता नगरेका कारण आफूहरूले सीमा रक्षाका लागि चितवनबाट अभियान चलाएको विप्लव नेतृत्व नेकपाको भनाई रहेको छ ।

सीमामा काँडेतार अभियानलाई अब अन्य स्थानमा पनि जारी राख्ने उनले बताए ।