यहिँ साँढेका कारण जीवनभर बिहे नै नगरी बसिन् यी महिला !

एजेन्सी, ८ माघ । भारतको तमिलनाडुकी एक महिलाले एक साँढेका कारण जीवनमा बिहे नगर्ने निर्णय गरिन भन्दा सबैलाई अचम्म लाग्छ होला । तर वास्तविकता यहिं हो ।

तमिलनाडुकी मदुरे गाउँमा बस्ने ४८ वर्षकी सेल्भरानी सानै हुदाँ उनको जीवनमा साँढे जबरजस्ती प्रवेश गरेको थियो, त्यसपछि उनले ती साँढेलाई पाल्ने निर्णय लिइन् । अन्ततः यहि साँढेको मायाको कारणले गर्दा उनले जीवनभरी विवाह नगर्ने निर्णय लिएकी हुन् ।

तमिलनाडुमा खासगरी जल्लीकट्टु नामक पर्व हुन्छ, त्यस पर्वका बेला भीडमा साँढे दौडाइने गरिन्छ र जितेमा उपाधी दिइन्छ । उनको चाहना एउटा बडेमाको साँढे पालेर आफ्नो साँढेलाई उपाधी जिताउँ भन्ने थियो ।

साँढेको हरेचाहको साथमा मजदुरी पनि गर्दै आफ्नो गुराजा चलाउने उनले साँढेको नाम रामु राखिदिइन् । रामुले हरेक वर्ष हुने जल्लीकट्टु लगायतका खेलमा ५ वर्षदेखि लगातार उपाधी जित्दै आएको छ । उपाधी जितेपछि रामुले पुरस्कारको रुपमा सुनको सिक्का, साडी लगायतका घरेलु सामान पाउँछन् ।

साँढे निकै बलियो भएकाले साँढे प्रति धेरै जना आर्कषित भएका छन् । धेरैले राम्रो पैसा दिएर उनलाई साँढे बेच्न आग्रह गरेसकेका पनि छन् । तर सेल्भरानी भने पैसाको प्रलोभनमा नपरी आफूले त्यो साँढे नबेच्ने बताउँछिन् साथै यहि रामुको कारणले बिहे नगरेको बताइन् ।