शुक्रबारदेखि श्रम स्वीकृति दिइने

अत्तरिया, ८ माघ । सुदूरपश्चिम प्रदेशमा यो हप्ताभित्रै श्रम स्वीकृति दिने तयारी भइरहेको छ ।
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृति दिने तयारी भइरहेको कार्यालय प्रमुख कृष्णानन्द जोशीले बताउनुभयो ।

उहाँले शुक्रबारदेखि श्रम स्वीकृति दिने तयारी भइरहेको जानकारी दिनुभयो । प्रदेशबाटै श्रम स्वीकृति दिइने भएपछि विभिन्न जिल्लाबाट श्रम स्वीकृति लिन काठमाडाँै धाउनुपर्ने बाध्यता हट्नेछ । श्रम स्वीकृति लिनको लागि प्रकृति हेरेर निश्चित दस्तुर तिर्नुपर्ने कार्यालय प्रमुख जोशीले बताउनुभयो । रासस