बिमान उडेको २० मिनेटमै यात्रुहरुबीच कुटाकुट भए पछि …!

एजेन्सी, ८ माघ । सिङगापुरबाट उडेको स्कूट एयरको विमान भित्र यात्रुहरुबिच कुटाकुट भएपछि चालक दलका सदस्यहरुलाई आपत पर्यो ।

अस्ट्रेलियाको गोल्डकोस्टबाट सिङगापुरको लागि उडेको उक्त बिमानभित्र एकअर्काबिच झगडा गर्न लागेका यात्रुहरुलाई एयरहोस्टेजले रोक्न खोजे पनि प्रयास असफल भएपछि विमानलाई डाइभर्ट गरी सिड्नी लगेर अवतरण गरिएको छ ।

विमानमा सवार रहेकी यात्रु रिको डेभिड गारिल्लीले आफ्नो फेसबुकमा विमानमा यात्रुहरु बिच कुटाकुटको भएको भिडियो आफ्नो सामाजिक संजालमा पोस्ट गरेकी थिइन् ।

उनले क्याप्सनमा लेखेअनुसार फ्लाइट ढिलो भएको र मदिरा सेवन गरेको कारण विमान सवार भएको २० मिनेटपछि झगडा भएको बुझिएको छ ।

गोल्डस्कोटस्टबाट सिंगापुरसम्म दुई घण्टाको लागि उडेको विमान फर्काएर सिड्नी लगिएको थियो ।