स्वीट्जरल्यान्ड, क्यानाडा र कुवेतका लागि राजदूतको टुंगो लाग्यो, को-को भए अनुमोदन ? (पुरा पढ्नुहोस्)

काठमाडौं,८ माघ । संसदीय सुनुवाइ समितिको आजको बैठकले तीन राजदूतको नाम सर्वसम्मतिले पारित गरेको छ ।

सिंहदरबारमा बसेको समितिको बैठकले स्वीट्जरल्यान्डका लागि मणि भट्टराई, क्यानडाका लागि भृगु ढुंगाना र कुवेतका लागि दुर्गा प्रसाइँको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

यसअघि, गत बिहीबारको संसदीय सुनुवाइ समितिको बैठकले थाइल्यान्डका लागि प्रस्तावित राजदूत गणेश ढकाल र फ्रान्सका लागि प्रस्तावित दीपक अधिकारीको नाम पारित गरिसकेको छ ।