प्रेम दिवसको पहिलो गीत सार्बजनिक, रिल लाइफमा पनि यो जोडीले गर्दैछ यस्तो रोमान्स (भिडियोसहित)

काठमाडौँ, ८ माघ । चलचित्र ‘प्रेम दिवस’ को पहिलो गीत सार्बजनिक भएको छ ।

‘तिम्रो छेउ सरू कि म’ बोल रहेको उक्त गीत सोमबार युट्युबमा सार्बजनिक गरिएको हो ।

नेपाली चलचित्र क्षेत्रका चर्चित जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीलाई लिएर बनाइएको चलचित्र बनाइएको हो ।

रियल लाइफमा पनि एक अर्कालाई औधि मायाँ गर्ने यी जोडीलाई चलचित्रमा पनि प्रेम जोडीकै भूमिकामा देखाइएको छ ।

यी दुई कलाकार संगै नव नायक विशाल खरेल डेब्यु गर्दै छन् । चलचित्रलाई योगेश घिमिरेले निर्देशन गरेका छन् । सञ्जय न्यौपानेको निर्माणमा बनेको चलचित्रमा वसन्त सापकोटा, दिपक शर्मा र महाराज थापाको सङ्गीत र हरि लामाको छायाङ्कन रहेको छ ।

भिडियो हेर्नुहोस् :