ढाड दुखेर केहि सिप नलागेपछि..एक व्यक्तिले आफ्नै वीर्य इन्जेक्सनमा भरेर लगाउन थालेपछि,भयो यस्तो

एजेन्सी। मानिस केहि न केहि रोगको शिकार भएकै हुन्छन । त्यसै मध्ये ढाड दुख्ने पनि एक समस्याको रुपमा लिईन्छ । अव्यवस्थित जीवनशैलीको कारण ढाड दुख्ने चिकित्सकहरु बताउँछन्। ढाड विभिन्न प्रकारको समस्याले दुखे गर्दछ। एउटै आसनमा धेरै समय बस्दा पनि ढाड दुख्ने समस्या आइपर्छ । उचित व्यायाम नपुगेर पनि ढाड दुख्न सक्छ। तर दिनहुँ हुने अत्याधिकनै पिडाको कारण भने डाक्टरकोमा जानै पर्ने अवस्थाको शिर्जना हुन सकछ।

एक वर्ष देखि ढाड दुखेर हैरान भएका एक ३३ बर्षिया पुरुषले समस्या समाधान गर्न धेरै ठाउँ धाए । तर नभएपछि अनौठो र अचम्मको काम गरे । ढाड दुख्ने समस्या देखि छुटकारा पाउनको लागि करिब १८ महिना देखि शरीरमा आफ्नै वीर्य इन्जेक्ट गर्ने गरेको खुलेको हो। तर उनले यस्तो तयारीका कहाँ सिके भन्ने बारे भने खुल्न सकेको छैन ।

अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार घटना डब्लिन आयरल्याण्डको रहेको छ। डब्लिनमा रहेको टालाग्त यूनिभर्सिटी अस्पतालमा शरीरमा अजिव किसिमको दुखाइ भएपछि अस्पताल आएका पुरुषको यस्तो बानि थाहा पाउँदा डाक्टरहरु पनि चकित परे।

शरीरमा कयौं महिना देखि आफ्नै वीर्य इन्जेक्ट गर्दै आएका ती पुरुष हातमा गाँठा देखा परेको थियो। त्यहि गाँठाको कारण धेरै पिडा हुँदा ती पुरुष अस्पताल पुगेका थिए।

गाँठाको बारेमा सोधपुछ गर्दा ती पुरुषले वीर्य इन्जेक्ट गर्ने गरेको बताएका हुन्। ढाड दुखाइबाट छुटकारा पाउन उनले हाइपोडरमिक नीडल प्रयोग गर्ने गरेको पनि डाक्टरलाई बताए।

यस्तो घटना पहिलो पटक सुनेको हुँदा टालाग्त यूनिभर्सिटी अस्पतालका डाक्टरहरु पनि रनभुल्लमा परे। गाँठा हटाउनको लागि डाक्टरहरुले ती पुरुषलाई इन्ट्रावेनस एन्टी बायोटिक्स दिएर उपचार शुरु गरे। तर उपचार शुरु गरेपनि उपचार पूरा हुन्जेल ती पुरुष अस्पताल नबसेको डाक्टरहरु बताउँछन्।