काठमाडौँको थापाथली आसपासमा केहीबेर अघि ३ दशमलव ३ रेक्टर स्केलको परकम्प

काठमाडौँ, ८ माघ । काठमाडौँको थापाथली आसपासमा केहीबेर अघि ३ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको छ ।

विनाशकारी भूकम्पपछिको परकम्प बिहान ११ः२६ बजे गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र भई विनाशकारी भूकम्प गएको थियो । रासस